Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक उडान खोल्ने सरकारको निर्णय

अर्थ संसार

बुधबार, ०९ असार २०७८, ०६ : ०४ मा प्रकाशित

आन्तरिक उडान खोल्ने सरकारको निर्णय

सरकारले वैशाख २० गतेबाट बन्द आन्तरिक उडान खोल्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो ।

अब भने जम्मा ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला हुनेछ । सोमबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

तर, उडान कहिलेदेखि संचालन गर्ने भन्ने अन्तिम निर्णय मन्त्रालयले गर्नेछ । मन्त्रिपरिषद्को अनुमतिपछि संक्रमणको स्थिती हेरेर मन्त्रालयले आन्तरिक उडान खुलाउन गृहकार्य थालेको छ ।

‘सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशतभन्दा बढी क्षमता नबढ्ने गरी आन्तरिक उडान खुला गर्न अनुमति दिइएको छ’ स्रोतले भन्यो । उडान कहिलेदेखि खुल्छ भन्ने टुंगो लागेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको