Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, ०८ : ५० मा प्रकाशित

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ ।

भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेकाे हाे । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेकाे टर्मिन कार्यालयले जानकारी दिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लाे हुस्सु र कुहिराे लागेकाे छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रकाे प्रभावका कारण पनि हुस्सु लागेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको