Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रदमा आवेदन दिने म्याद थप

अर्थ संसार

बुधबार, ०९ असार २०७८, १० : ३९ मा प्रकाशित

अपि पावरको हकप्रदमा आवेदन दिने म्याद थप

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गते, बिहीबारबाट आफ्ना लगानीकर्तालाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । यसअघि आज (असार ९ गते, बुधबार) सम्म आवेदन दिन सकिने भनिएकोमा अब म्याद थप गरेर असार १३ गतेसम्म पुर्याइएकाे छ ।

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । 

क-कसले दिन पाउछन् आवेदन ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले, वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यालय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

रेटिङ कति ?

कम्पनीकाे हकप्रदलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ ।

यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d2c0b00c229.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको