Like us!
Follow us!
Connect us!
Watch us!

५१.६५ अंकले घट्यो सेयर बजार, ८ अर्बको कारोबार

नेप्से

बुधबार, ०९ असार २०७८, १४ : ५७ मा प्रकाशित

५१.६५ अंकले घट्यो सेयर बजार, ८ अर्बको कारोबार

 आज (बुधबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजारमा भारी अंकको गिरावट देखिएको छ । गत मंगलबारदेखि लगातार घट्दै गएको सेयर बजाले हिजो मंगलबार भने उकालो यात्रा तय गरेको थियो । गत मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामसहित विज्ञप्ति सार्वजनिक गरेको हुनाले सेयर बजारमा एक सातासम्म त्यसको प्रत्यक्ष प्रभाव परेको थियो । तर हिजो मंगलबार भने सेयर कारोबार मापक नेप्से परिसूचक ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको थियो । आज फेरि बजार घटेको हो ।

बाेर्डकाे विज्ञप्तिकाे प्रभाव नसकिँदै देशमा फेरि राजनीतिक तरंग मच्चिएकाे छ । त्यसैले गर्दा पनि आज बजार घटेकाे हुन सक्ने अनुमान गरिएकाे छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले  नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा पुगेकाे छ । नेप्से १.७७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.३७ अंकले घटेर ५२८.९७ विन्दुमा पुगेको छ । 

कूल २१८ वटा कम्पनीकाे एक कराेड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५४ कराेड ३० लाख ३६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । त्यसपश्चात् धेरै काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल इन्स्याेरेन्स, राधी विद्युत, नेशनल हाइड्राेपावर, इड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, हिमालयन डिष्टीलरी लगायतका कम्पनी रहेका छन् ।

बुधबार राधी विद्युत, ङादी ग्रुप पावर, छ्याङ्दी हाइड्राेपावर, नेपाल इन्स्याेरेन्स, घलेम्दी हाइड्राेपावर, आँखुखाेला जलविद्युत, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्राेपावर लगायतका शेयरधनीहरूले सर्वाधिक नाफा कमाएका छन् ।

यस्तै, कालिका पावर, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्राे डेभलपर्स, अरूण काबेली, मल्टीपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, पाँचथर पावर, हिमालयन पावर पार्टनर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

 

60d30266d6e0b.jpg 60d3026e6be89.jpg 60d3027397586.jpg 60d302787c82e.jpg 60d3027dcef0b.jpg 60d30284d5a34.jpg 60d3028a8b1f8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको