Like us!
Follow us!
Connect us!
Watch us!

कामपामा १८ अर्ब ९५ करोडको बजेट, स्वास्थ्य तथा पर्यटनमा जोड

अर्थ संसार

विहीबार, १० असार २०७८, १४ : २८ मा प्रकाशित

कामपामा १८ अर्ब ९५ करोडको बजेट, स्वास्थ्य तथा पर्यटनमा जोड

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट बिनियाेजन गरेको छ ।

महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले आज बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकालाई आर्थिक वर्ष २०७८/०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रूपैयाँको बजेट बिनियाेजन गरिएकाे जानकारी गराएकी हुन् । उनले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी थिइन् । 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रूपैयाँ, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड रूपैयाँ, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड रूपैयाँ, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड रूपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड रूपैयाँ बिनियाेजन गरिएको छ ।

बजेट प्रस्तुत गर्ने क्रममा खड्गीले बजेटमा कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई जाेड दिइएकाे बताएकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको