Like us!
Follow us!
Connect us!
Watch us!

राेकिएन सेयर बजारकाे पहिराे, काराेबार रकममा पनि गिरावट !

नेप्से

विहीबार, १० असार २०७८, १४ : ५३ मा प्रकाशित

राेकिएन सेयर बजारकाे पहिराे, काराेबार रकममा पनि गिरावट !

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । बजारमा दाेहाेराे अंकको गिरावट देखिएको छ । गत मंगलबारदेखि लगातार घट्दै गएको सेयर बजाले यस मंगलबार भने उकालो यात्रा तय गरेको थियो । हिजाे बुधबार फेरि सेयर बजार घटेकाे थियाे । 

गत मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामसहित विज्ञप्ति सार्वजनिक गरेको हुनाले सेयर बजारमा एक सातासम्म त्यसको प्रत्यक्ष प्रभाव परेको थियो । बाेर्डकाे विज्ञप्तिकाे प्रभाव नसकिँदै देशमा फेरि राजनीतिक तरंग मच्चिएकाे छ । त्यसैले गर्दा पनि बजार घटेकाे हुन सक्ने अनुमान गरिएकाे छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले  नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको थियाे ।

सेयर बजार निरन्तर घट्दै जाँदा लगानीकर्ताहरूकाे मनाेबल पनि घटेकाे छ । लगानीकर्ताहरू प्यानिक सेल गर्न थालेका छन् । हुनत घट्ने र बढ्ने नै सेयर बजारकाे चक्र हाे । सेयर बजार तलमाथि गरिरहन्छ । लगानीकर्ताहरूले आफ्नो मनाेबल उच्च राखी राम्ररी निर्णय गर्नुपर्नेछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा पुगेकाे छ । नेप्से ०.५९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ५२५.६४ विन्दुमा पुगेको छ । 

कूल २१९ वटा कम्पनीकाे एक कराेड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३३ करोड ६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटन र जलविद्युतबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३७ कराेड ७६ लाख २२ हजार ४ सय ७० रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

यस दिन अपर तामाकाेशी, समृद्धि फाइनान्स, रूरू जलविद्युतका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाउँदा ङादी ग्रुप पावर, बरूण हाइड्राेपावर लगायतका सेयरधनीहरूले सर्वाधिक गुमाएका छन् ।

हेराैँ आजकाे सेयर तालिका :

60d45dbe040f0.jpg 60d45dc423c61.jpg 60d45dca05af0.jpg 60d45dd008874.jpg 60d45e47048f1.jpg 60d45e4ca3051.jpg 60d45e5168a71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको