Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको स्वामित्वमा रहेको ४ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १० : ५२ मा प्रकाशित

एनआईसी एशियाको स्वामित्वमा रहेको ४ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम मौका

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको ४ वटा कम्पनीकाे लिलामी सेयर भर्ने आज (असार ११ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ । बैंकले असार ६ गते, आइतबारबाट मेराे माइक्राेफाइनान्सकाे ५९ हजार ६ सय ६८ कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० हजार ६ सय ९६ कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ८६ हजार १ सय ९५ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५५ हजार ५ सय ७० कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कुनकाे मूल्य कति ?

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ५७५ रुपैयाँ

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड = ४४४ रूपैयाँ 

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ४७७ रुपैयाँ

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड = ७६८ रुपैयाँ

कति दिने आवेदन ?

लगानीकर्ताले महुली लघुवित्तबाहेक अन्य ३ वटा कम्पनीकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । महुली लघुवित्तकाे सेयरमा भने न्युनतम  ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको