Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको विज्ञप्तिको नकारात्मक नतिजाः लगानीकर्ताले गुमाए एक सातामै करिब २ खर्ब

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १८ : ०० मा प्रकाशित

धितोपत्र बोर्डको विज्ञप्तिको नकारात्मक नतिजाः लगानीकर्ताले गुमाए एक सातामै करिब २ खर्ब

यो साता(असार ६ गते देखि १० गतेसम्म) नेपालको सेयर बजार राताम्मै बनेको छ । अघिल्लो साताको मंगलबार धितोपत्र बोर्डको बिज्ञप्ती पछि ओरालो लागेको नेप्से परिसुचक निरन्तर ओरालो लागिरहेको छ । यो साताको पाँच कारोबार दिनमा नेप्से परिसुचक ४ दिन घट्दा १ दिनमात्र बढेको हो । 

यो एक सातामा नेप्से परिसुचक १२५.४३ बिन्दुले घटेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन २९६८.४३ को बिन्दुमा रहेको नेप्से परिसुचक यो साताको अन्तिम दिनसम्म आईपुग्दा २८४३ को बिन्दुमा पुगेको छ । 

धितोपत्रबोर्डको बिज्ञप्तिपछि नेप्से ओरालो लागेसंगै लगानीकर्ताहरुको सम्पतीमा पनि ब्यापक ह्रास आएको छ । अघिल्लो साताको अन्तिम दिनसम्ममा ४१ खर्ब ३९ अर्ब रहेको बजारको पुँजीकरण यो साताको अन्तिम दिनसम्म आईपुग्दा ३९ खर्ब ४९ अर्ब पुगेको छ । यो एक सातामा नै लगानीकर्ताहरुको लगानी सेयरबजार १ खर्ब ९० अर्बले घटेको छ । 

अहिले कतिपय बिश्लेषकहरुले बजार धितोपत्र बोर्डको बिज्ञप्तिका कारणमा घटेको नभई निरन्तर बढेको बजारमा आएको करेक्सनका रुपमा बिश्लेषण गरिरहेका छन् भने कतिपय लगानीकर्ता एबं विश्लेषकहरुले धितोपत्र बोर्डकै कारण लाखौ लागानीकर्ताहरुको लगानी जोखिममा परेको आरोप लगाईरहेका छन् ।  

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले एउटा लयमा गइरहेको बजारलाई धितोपत्र बोर्डको प्रकरणले धमिल्याएको बताउँछन् । यो सम्हालिनलाई केही समय लाग्न सक्ने उनको अनुमान छ । कतिपय कम्पनीहरूमा नियमन गर्ने निकायको आँखा लागेका हुनाले ठूला लगानीकर्ताहरूलाई आफू सुरक्षित हुनुपर्छ भन्ने लागेको उनको भनाइ छ । 

समग्र बजार सकारात्मक माहोलमा चलिरहेको अवस्थामा एउटा विज्ञप्तिले गर्दा बजार उथलपुथल भइ खलबलिएको बताउछन् नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष एवमं विश्लेषक छोटेलाल रौनियार ।  बजारलाई स्वतन्त्र छाड्नु पर्नेमा बोर्डले नियन्त्रणमा लिन खोजेको उनको आरोप छ ।

बोर्डको विज्ञप्तिले गर्दा पैसा लिएर बसेका लगानीकर्ताहरूले पनि लगानी नगरेका र सानातिना लगानीकर्ताहरू विज्ञप्तिपश्चात् डराएको हुन सक्ने उनको अनुमान छ । 

अब केही दिनमा बजार फेरि उकालो लाग्ने हुनाले लगानीकर्ताहरु डराउनु पर्ने अवस्था भने नरहेको बताउछन् रौनियार । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने उनको तर्क छ । अहिले सेयर बजारको बाली पाक्ने समय भएको भन्दै उनले बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो रहेको र जलविद्युत कम्पनीहरूले पनि हकप्रद निष्कािसन गर्ने कुराहरू आइरहेको हुनाले बजार बलियो हुने बताए ।

60d5b8c3193e3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको