पछिल्लाे समय सेयर बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम बढ्दाे छ । नयाँ लगानीकर्ताहरूलाई साना-तिना कुराहरू पनि थाहा नहुन सक्छ । ब्राेकर कमिसन पनि लगानीकर्ताहरूलाई थाहा हुनै पर्ने कुरामध्येकाे एक हाे ।
विभिन्न किसिमका सेयरहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाल (ब्राेकर) लाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न काराेबारका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले छुट्टाछुट्टै कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको हुन्छ ।
विभिन्न प्रकारकाे काराेबारमा लाग्ने कमिसन विवरण तल उल्लेख गरिएकाे छ :
सेयरको कारोबारमा
क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)
१ ५०,००० सम्म ०.४०
२ ५०,००१ देखि ५,००,००० सम्म ०.३७
३ ५,००,००१ देखि २०,००,००० सम्म ०.३४
४ २०,००,००१ देखि १,००,००,००० सम्म ०.३०
५ १,००,००,००० देखि माथी ०.२७
सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा
क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)
१ ५,००,००० सम्म ०.१०
२ ५,००,००१ देखि ५०,००,००० सम्म ०.०५
३ ५०,००,००० देखि माथी ०.०२
सामुहीक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा
क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)
१ ५,००,००० सम्म ०.१५
२ ५,००,००१ देखि ५०,००,००० सम्म ०.१२
३ ५०,००,००० देखि माथी ०.१०
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस