Like us!
Follow us!
Connect us!
Watch us!

किन लाग्यो नेशनल हाईड्रोको सेयरमा लगानीकर्ताको घुइँचो ?

अर्थ संसार

आइतबार, १३ असार २०७८, १५ : ५४ मा प्रकाशित

किन लाग्यो नेशनल हाईड्रोको सेयरमा लगानीकर्ताको घुइँचो ?

विगत केहि दिनदेखि नेशनल हाईड्रोपावर कम्पनीको सेयरमूल्यमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिएको छ । नेपालको नेप्से परिसुचक निरन्तर ओरालो लागिरहँदा पनि नेशनल हाईड्रोको सेयर मूल्यले भने निरन्तर उकालो यात्रा तय गरिरहेको देखिन्छ । 

नेशनल हाईड्रोको सेयर बिगत केहि साता देखि निरन्तर उच्च संख्यामा कारोबार हुँदै आइरहेको देखिन्छ । किन कमजोर वित्तिय अवस्था भएको यो कम्पनीमा लगानीकर्ताहरु किन यसरी ओइरिइ रहेका छन् आम लगानीकर्ताहरुको चासोको विषय बनिरहेको छ ।

अहिले नेशनल हाईड्रोपावर कम्पनीको सेयर मूल्य उचालिनुको मूख्य कारण भनेको नै कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजना बनाउन पाँउछ भन्ने रहेको बताउछन् सेयर जानकारहरु । विद्युत विकास विभागले बुधबार खोलेको आर्थिक प्रस्तावमा पनि नेशनलले नै सबैभन्दा बढी रकम कबोल गरेको हो ।

प्रस्तावको पहिलो नम्बरमा नेशनल हाईड्रोपावर कम्पनी रहेको र विद्युत विकास विभागको मूल्यांकन पछिमात्र तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्रको टुंगो लाग्ने छ ।

विगतमा नेशनल हाइड्रोकै स्वामित्वमा रहेको आयोजना आन्तरिक विवादका कारण गुमाउनु परेको थियो । लाइसेन्स गुमाउने वित्तीकै कम्पनीले उक्त आयोजनामा गरिएको लगानी खराव कर्जाको रुपमा परिणत भएको थियो । लगभग ६५ करोड रुपैयाँ भन्दा माथिको लगानी भैसकेको हुँदा कम्पनीको जगेडा कोष ऋणात्मक भएको थियो ।

यदि कम्पनीले पुनः तल्लो इन्द्रावती प्राप्त गरेमा उक्त आयोजनामा यस अगाडि कम्पनीले गरेको लगानीलाई खराब कर्जाबाट हटाउन सकिने छ । कम्पनीले यस आयोनामा ६५ करोड रुपैयाँ लगानी गरेको थियो । अब थप ३५ करोड रुपैयाँ जति मात्र लगानी गर्दा आयोजना सम्पन्न हुने तथा उक्त आयोजनामा गरिएको ६५ करोडको लगानी खराबबाट हट्ने वित्तीकै कम्पनीको जगेडा कोष सकारात्मक हुने र कम्पनीले लाइसेन्स प्राप्त गरे सँगै यस आर्थिक वर्षकै मुनाफाबाट लाभांस दिन सक्ने हैसियत बनाउने भएकाले लगानीकर्ताहरुको आकर्षण बढेको स्रोतको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको