Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्किँदै सेयर बजार, लघुवित्तमा लगानीकर्ता आकर्षित

नेप्से

सोमबार, १४ असार २०७८, १५ : ०० मा प्रकाशित

लयमा फर्किँदै सेयर बजार, लघुवित्तमा लगानीकर्ता आकर्षित

यस साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजार हरियाे भएर बन्द भएकाे छ । असार १ गते मंगलबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले ५१ वटा कम्पनीकाे नामसहित विज्ञप्ति सार्वजनिक गरेकाे हुनाले सेयर बजारमा त्यसकाे प्रत्यक्ष प्रभाव परेकाे थियाे । सेयर बजार नकारात्मक हुँदै गएपछि लगानीकर्ताहरू पनि निराश भएका थिए । तर हिजाे आइतबारबाट फेरि नेप्सेमा हरायाली छाएको छ । सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५.४९ मा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.१७ अंकले बढेर ५३३.५७ मा पुगेको छ ।

कूल २१९ वटा कम्पनीकाे एक करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे परिसूचक बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे परिसूचक घटेकाे छ ।

त्यसैगरी, साेमबार लघुवित्त कम्पनीकाे सेयरमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा अधिकांश लघुवित्तहरू परेका छन् । सर्वाधिक नाफा कमाउने १० वटा कम्पनीमध्ये ७ वटा लघुवित्त छन् ।

काराेबार रकमका आधारमा आज अपर तामाकाेशीले अग्रता हासिल कायम गरेकाे छ । कम्पनीकाे ६६ कराेड ९४ लाख ४८ हजार रूपैयाँ भन्दा धेरैकाे काराेबार भएकाे छ । त्यसपश्चात् क्रमश : नेपाल इन्स्याेरेन्स, राधी विद्युत, एनआइसी एशिया बैंक, सेञ्चुरी कमर्सियल, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड र अपि पावर कम्पनी लिमिटेड रहेका छन् ।

साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : सबैकाे लघुवित्त, सिभिल लघुवित्त, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड १, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, आरम्भ चाैतारी लघुवित्त, समिट लघुवित्त र अाेरियन्टल हाेटल रहेका छन् ।

साेमबार बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, राधी विद्युत कम्पनी, आइसीएफसी फाइनान्स, पञ्चकन्या माइ हाइड्राेपावर, कालिका पावर, गुहेश्वरी मर्चेन्ट, रिडी हाइड्राेपावर, सप्तकाेशी डेभलपमेन्ट बैंक र मल्टीपर्पस फाइनान्सले सबैभन्दा धेरै घाटा व्यहाेरेका छन् ।

हेराैँ आजको सेयर तालिका :

60d99ac305879.jpg 60d99aca37f8a.jpg 60d99acf965f9.jpg 60d99ad62b54a.jpg 60d99adb61b95.jpg 60d99ae631571.jpg 60d99aef37bce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको