सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरूकाे नाममा रहेकाे ६९ हजार २ सय ९४ कित्ता संस्थापक सेयर बिक्रीको लागि निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागिएकाे जानकारी दिएकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय २५ रूपैयाँ ताेकिएकाे छ ।
सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीकाे प्रधान कार्यालयमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस