Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

बुधबार, २५ माघ २०७९, ०६ : ११ मा प्रकाशित

शिखर इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईवटा आर्थिक बर्षको बार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा आज माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभाले कम्पनीको मंसिर २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका  सेयरधनीहरूलाई  हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको