Like us!
Follow us!
Connect us!
Watch us!

SIC का आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

अर्थ संसार

विहीबार, २६ माघ २०७९, ०६ : ४० मा प्रकाशित

SIC का आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने

सगरमाथा इन्स्योरेन्स कम्पनीले लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेका १३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको पुस ५ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा प्राधिकरणको निर्देशन पश्चात् लाभांश संशोधन गरिएको हो ।   संशोधित लाभांश अनुसार कम्पनीको बोनस घटेको छ । अब कम्पनीले १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशत नगद वितरण गर्नेछ ।

साथै सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससंगको मर्जरको प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६ औँ वार्षिक साधारण सभा फागुन ११ गते, लैनचौर बैक्वेट लैनचौर काठमांडौमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको