Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सकाे लाभांश संशाेधन

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, १२ : ३२ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सकाे लाभांश संशाेधन

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश संशाेधन भएकाे छ ।

कम्पनीको पुस ५ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । तर बीमा प्राधिकरणकाे निर्देशन पश्चात् लाभांश संशाेधन गरिएकाे हाे ।   संशाेधित लाभांश अनुसार कम्पनीकाे बाेनस घटेकाे छ । अब कम्पनीले १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५२६   प्रतिशत नगद वितरण गर्नेछ ।

अब उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूमा वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् : 

63c4f3e999841.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको