Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, ०६ : ५२ मा प्रकाशित

लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

शिखर इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभाले कम्पनीको मंसिर २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका  सेयरधनीहरूलाई  हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको