स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ जनामा र एन्टिजेन विधिबाट ९ सय ३५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । जसमध्ये काठमाडौँका ३५५ जना, ललितपुरका ११२ जना र भक्तपुरका ४७ जना रहेका छन् ।
त्यसैगरी, बितेको २४ घण्टामा ४२ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५३ जना निकाे भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस