Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन, किराना पसल दिनभर खुल्ने

अर्थ संसार

मंगलबार, १५ असार २०७८, ०९ : ४३ मा प्रकाशित

आजदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन, किराना पसल दिनभर खुल्ने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज (मंगलबार)देखि थप खुकुलो पारिएको छ । हिजो (सोमबार) बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा आजदेखि २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय गरेका हुन् । 

अब मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीहरू चल्ने भएका छन् । सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । जस अनुसार अनिवार्य सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।

त्यसैगरी, काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु पनि दिनभर संचालन हुन पाउने भएका छन् । यस्तै, डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, सुन पसल अटोमोबाइल शोरुम तथा निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएको हो । संक्रमणदर क्रमशः घट्दै गएसँगै जनजीवनलाई सहज बनाउन निषेधाज्ञा खुकुलो पारिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको