Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई रेटिङ कति ?

अर्थ संसार

मंगलबार, १५ असार २०७८, ११ : ५४ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई रेटिङ कति ?

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले हालसम्म नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा भने निवेदन पेश गरेकाे छैन । सेबाेनमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि आईपीओ निष्कासन गरिनेछ ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यस्तै, संस्थाले खुद व्याज आम्दानी पनि बढाएर १२ करोड १० लाख रुपैयाँ पुर्याएको छ । संस्थाकाे सञ्चालन नाफा ५ करोड ६ लाख ११ हजार रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म ६७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाकाे चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १० करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

याे पनि हेर्नुहाेस् :

अघि बढ्यो राष्ट्र उत्थानको आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको