Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट-३० फण्डमा मागभन्दा धेरै आवेदन परेपछि क्यापिटल मख्ख, दियो धन्यवाद

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १३ : ४९ मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट-३० फण्डमा मागभन्दा धेरै आवेदन परेपछि क्यापिटल मख्ख, दियो धन्यवाद

एनआईसी एशिया कयापिटलले निष्कासन गरेको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  मा माग भन्दा १.५३ गुणा धेरै आवेदन परेपछि सबै लगानीकर्तालाई क्यापिटलले धन्यवाद दिएको छ ।  

असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म निष्कासन गरिएको फण्डमा माग भन्दा १.५३ गुणा धेरैका लागि आवेदन परेको छ ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियाे । 

क्यापिटलप्रति प्राप्त भएकाे यस विश्वासले क्यापिटललाई अझै सशक्त रूपमा अगाडि बढ्न हाैसला मिलेकाे सूचनामा उल्लेख छ । यस म्युचुअल फण्ड निष्कासन गर्न सहयाेग गर्ने धिताेपत्र बाेर्ड, सिडिएस, मिडियाकर्मी लगायत अन्य सम्बन्धित निकायहरू र सबै आवेदकहरूलाई क्यापिटलले हार्दिक आभार प्रकट गरेकाे छ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको