Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्मै, कारोबार रकम पनि खुम्चियो

नेप्से

मंगलबार, १५ असार २०७८, १५ : ०१ मा प्रकाशित

सेयर बजार राताम्मै, कारोबार रकम पनि खुम्चियो

आज (मंगलबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजारमा भारी अंकको गिरावट देखिएको छ । आइतबार र साेमबार भने सेयर बजारले उकालो यात्रा तय गरेको थियो । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४७.४९ अंकले घटेर २८२८ विन्दुमा पुगेकाे छ । नेप्से १.६५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा पुगेको छ । 

कूल २२३ वटा कम्पनीकाे एक कराेड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लघुवित्तबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार राधी जलविद्युत कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४९ कराेड ८३ लाख २५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । यता ओरियन्टल हाेटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा प्राेग्रेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

मंगलबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : राधी विद्युत, नेशनल हाइड्राेपावर, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्याेरेन्स, नेपाल पूनर्बीमा कम्पनी, अपर तामाकाेशी, लुम्बिनी विकास बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंक रहेका छन् ।

मंगलबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : ओरियन्टल होटल, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी, सिभिल लघुवित्त, निर्धन उत्थान लघुवित्त, सपोर्ट लघुवित्त, ग्लोबल आइएमइ बैंक डिबेञ्चर, एनएमबि लघुवित्त र एसबिएल डिबेञ्चर रहेका छन् ।

मंगलबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : प्राेग्रेशिभ फाइनान्स, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, लुम्बिनी विकास बैंक, युनियन हाइड्राेपावर, गुडविल फाइनान्स, कर्णाली डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्स रहेका छन् ।

हेराैँ आजको सेयर तालिका :

60daeb1e84389.jpg 60daeb296d79e.jpg 60daeb311e1c1.jpg 60daeb36b6ca5.jpg 60daeb3cc0953.jpg 60daeb4570c1c.jpg 60daeb4de9cf8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको