Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ असार २४ बाट

अर्थ संसार

बुधबार, १६ असार २०७८, ०८ : १२ मा प्रकाशित

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ असार २४ बाट

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ असार २४ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । 

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन कहिलेसम्म दिन सकिन्छ ?
लगानीकर्ताले उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन्  ।

कहाँ-कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । 

रेटिङ कति ?
इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत असार १३ गते अनुमति पाएको हो ।

कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर ८ करोड २५ लाख रुपैयाँ सीमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले  ८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

खुद नाफा घटेको बीमा शुल्क आम्दानी भने बढेको छ । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ५९.३९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ  । गत वर्ष कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले जीवन बिमा कोष पनि ३ अर्ब ६८ करोड रुपैयाँबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ ।  हाल चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ रहेको छ । 
 

60dbd7d195a2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको