Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको ११.५८% लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार

बुधबार, १६ असार २०७८, ०८ : ५७ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको ११.५८% लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको ११.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (असार १६ गते, बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि (असार १७ गते बिहीवार) देखि बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्  ।

कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभाले कम्पनीले गत आर्थिक वर्ष सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायत एजेण्डामाथि पनि छलफल गरी पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको