Like us!
Follow us!
Connect us!
Watch us!

सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड

अर्थ संसार

बुधबार, १६ असार २०७८, १३ : ०२ मा प्रकाशित

सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड

ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फरेन्स (सीपीभीआर) २०२१ मा विभिन्न १२ अवार्ड हात पारेकाे छ ।

सम्मेलनमार्फत ७ प्रमुख चुनौती अन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिती जनाएको ओपोले एआई क्षेत्रमा पुर्याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो । जस अन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रवर्तनका लागि एक पहिलो स्थान, सात ओटा दोस्रो र चार तेस्रो अवार्डहरु प्रदान गरिएका छन् ।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए । अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षण मार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत रहेको छ ।

ओपोका चिफ साईन्टिस्ट, ईन्टेलिजेन्ट पर्सेप्शन, एरिक गुओले भने, ‘यस वर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनिय नतिजा पाउँदा हामी निकै हर्षित छौँ । हामीले पहिलो पटक सीपीभीआर २०२० मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन च्यालेन्जमा धमिला तस्विरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्यूजन पोजिशनिंगलाई अझ सटिक बनाउन सघाउने भिज्यूअल लोकलाइजेशन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरे बापत पहिलो स्थान हात पारेका थियौँ । यस वर्ष ओपोले जितेका मल्टि एजेन्ट बिहेभियोर, एभीए-काइनेटिक्स र बहू संख्यक टूडी तस्विरहरुबाट थ्रीडी फेस रिकन्स्ट्रक्शन , फेशियल डिटेक्शन लगायत क्षेत्र अन्तर्गत पर्दछन् ।’

यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एण्ड मोबिलिटीलगायत क्षेत्रमा गर्न सकिने उनले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको