Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नेप्से

बुधबार, १६ असार २०७८, १९ : ०१ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । हिजाे (मंगलबार) पनि बजारमा ४७.४९ अंकको गिरावट देखिएको थियाे । आइतबार र साेमबार भने सेयर बजारले उकालो यात्रा तय गरेको थियो । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ ।

लगातार बजार घट्न थालेपछि लगानीकर्ताहरू पनि निराश बनेका छन् । अहिले लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थामा देखिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८८ विन्दुमा पुगेकाे छ । नेप्से ०.१५ प्रतिशतले घटेकाे हो । 

कूल २२० वटा कम्पनीकाे एक कराेड ६२ लाख ४८ हजार एक सय कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४ सय ३५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, बुधबार नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३० कराेड ४२ लाख ५८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताकाे धेरै आकर्षण देखिएकाे छ । पाेखरा फाइनान्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टीपर्पस फाइनान्स र प्राेग्रेशिभ फाइनान्सकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

बुधबार सर्वाधिक कारोबार हुने दश कम्पनीहरूमा क्रमश : नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, अपर तामाकोशी र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् ।

बुधबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : पोखरा फाइनान्स कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, आइसिएफसी कम्पनी लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । 

बुधबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, सोल्टी होटल लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, नागरिक लगानी कोष र नबिल इक्विटी फण्ड रहेका छन् । 

हेराैँ आजको सेयर तालिका :

 

 

60dc3df28e721.jpg 60dc3df8cab98.jpg 60dc3dfdbfa12.jpg 60dc3e03ba48a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको