Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमितकाे संख्या बढ्दाे क्रममा

अर्थ संसार

बुधबार, १६ असार २०७८, १६ : ४८ मा प्रकाशित

कोरोना संक्रमितकाे संख्या बढ्दाे क्रममा

नेपालमा कोरोना संक्रमितकाे संख्या फेरि बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार ७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ८९ जना र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ३ जना गरी कुल २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे तथ्यांक अनुसार हिजाे भन्दा आज परिक्षण कम भएकाे छ । तर पनि संक्रमितकाे संख्या भने बढी नै छ ।

आइतबार १९२० जनामा, सोमबार २४४४ जना र मंगलबार २६३६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । याे हेर्दा काेराेना संक्रमितकाे संख्या बढ्दाे क्रममा देखिएकाे छ ।

त्यसैगरी, बितेको २४ घण्टामा ४१ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५सय ९७ जना निकाे भएर घर फर्किएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको