Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, १७ असार २०७८, ०७ : ३० मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज (असार १७ गते, बिहिबार) बाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । 

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कहाँ-कहाँबाट दिने आवेदन ? 
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । 

आवेदन कहिलेसम्म दिन सकिन्छ ?
लगानीकर्ताहरुले उक्त आईपीओमा असार १७ गतेबाट छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

रेटिङ कति ?
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थालाई नेपाल धितोपत्र बोर्डले असार ६ गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १४ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।  
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.११ प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । 

वित्तीय अवस्था कस्तो छ ?
संस्थाको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू. ९५ लाख ६ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ३ करोड ३२ लाख ८३ हजार कमाएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र रू. ७२ करोड ९४ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।  
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको