Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

अर्थ संसार

विहीबार, १७ असार २०७८, ०७ : ५८ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । 

कोषको बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ५४ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज बिहिबार नेप्सेमा कम्पनीको सेयर कारोबार खुल्नेछ । 

कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आज (असार १७ गते) देखि बुक क्लोज गर्दैछ । त्यसैले हिजो असार १६ गतेसम्म नेप्सेमा कायम सेयार्धनिले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको