Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता उत्साहित

नेप्से

विहीबार, १७ असार २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारमा फर्कियो हरियाली, लगानीकर्ता उत्साहित

सेयर बजारमा बिहीबार सकारात्मक माहाेल देखिएकाे छ । सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् । नेप्से परिसूचक बढ्दा पनि काराेबार रकम भने लयमा फर्किन सकेकाे छैन । केही समय अघि दैनिक १५ देखि १७ अर्बसम्मकाे काराेबार हुने गरेकाेमा आजकाल औषतमा जम्मा ६ देखि ७ अर्बकाे मात्र काराेबार भइरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३ मा पुगेकाे छ । नेप्से ०.६८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.३३ अंकले बढेर ५२०.७१ मा पुगेको छ ।

60dd8fa6bc1f6.jpg

कूल २२४ वटा कम्पनीकाे ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60dd8f9bbb2e7.jpg60dd8fa1560a0.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज निर्जीवन बीमा कम्पनीबाहेक बाँकी सबै उपसमूहकाे परिसूचक बढेकाे छ ।

60dd8fad3320d.jpg

त्यसैगरी, बिहीबार हाेटल कम्पनीकाे सेयरमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा ३ वटै हाेटल परेका छन् । यस दिन नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । ओरियन्टल हाेटलका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

बिहीबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, मेगा बैंक लिमिटेड, बुटवल पावर, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेका छन् ।

60dd8fb35925e.jpg

बिहीबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : ओरियन्टल हाेटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, बेष्ट फाइनान्स, साेल्टी हाेटल, जाेशी हाइड्राेपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक, ज्याेति विकास बैंक लिमिटेड र तारागाउँ रिजेन्सी रहेका छन् ।

60dd8fb79cb53.jpg

बिहीबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : निर्धन उत्थान लघुवित्त संस्थापक सेयर, कुमारी इक्विटी फण्ड, रिडी हाइड्राेपावर कम्पनी लिमिटेड, प्रभु सेलेक्ट फण्ड, नेशनल हाइड्राेपावर, एनएलजी इन्स्याेरेन्स, सुर्याेदय लघुवित्त, राधी विद्युत, लक्ष्मी लघुवित्त र सबैकाे लघुवित्त रहेका छन् ।

60dd8fbc8230d.jpg

सेयर बजार हात्तीको चाल जस्तो हुने उर्जा विकास परिषद्का अध्यक्ष एवमं नेपालका पुरानामध्येका ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । बजार ओरालो लागे पनि बिस्तारै झर्ने र उकालो लाग्दा पनि बिस्तारै चढ्ने बताउँदै उनले सेयर बजारमा पनि अहिले यही प्रभावले गर्दा आधारभूत र प्राविधिक दुवै पक्षले काम नगर्ने बताउँछन् । लगानीकर्ताहरूमा दिन दुई गुणा, रात चौगुना बनाउन खोज्ने स्वभाव हुन्छ भन्दै उनी थप्छन्, धेरैजसो लगानीकर्ताहरू शहरमा छन् । जहाँ उनीहरूले आफूभन्दा धेरै धनी व्यक्तिहरू देखिरहेका हुन्छन् । उनीहरूलाई पनि पैसा कमाउने इच्छा हुन्छ । त्यसैले, सेयर बजार अझै बढ्छ तल जाँदैन ।

अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुने बताउछन् उनी ।

बोर्डको नकारात्मक विज्ञप्तिपछि आज घटेर पनि सम्हालिएको सेयर बजारले बजार अझै बलियो रहेछ भन्ने कुरा पुष्टि गर्ने तर्क गर्छन् उनी । लगानीकर्ताहरू पनि आत्तिएका छैनन् भन्ने देखिएको उनको भनाइ छ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने यो करेक्सनले गर्दा अझै धेरैमाथि जाने उनको दावी छ । 
त्यस्तै नेपाल पूँजी बजार विकास अभियानका संयोजक तिलक कोइराला बजारमा खरिदकर्ताहरूको उपस्थिति राम्रो देखिएको भन्दै उनले अहिल्यै लगानीकर्ताहरू आत्तिएर बजारबाट निस्किनु पर्ने अवस्था नरहेको बताउँछन् । कारोबार रकम घटे पनि बजारमा बिक्री गर्नेभन्दा खरिद गर्नेहरूको सक्रियता बढेको उनको तर्क छ ।

समग्र नेप्से कतिले बढ्ने, कतिले घट्ने भनेर कसैले पनि ठेक्का लिन नसक्ने बताउँदै उनी कम्पनी हेरेर लगानी गर्नु पर्ने बताउँ छन् । कुन कम्पनीको सेयरमूल्य घट्छ कुनको बढ्छ भन्ने यकिन कसैलाई पनि नहुने उनको दावी छ । त्यसैले, लगानीकर्ताहरूले लगानी गर्ने बेलामा राम्ररी कम्पनी छनोट गर्नुपर्ने उनको भनाइ छ । कुनै पनि कम्पनीमा लगानी गर्दा उक्त कम्पनीको लाभांश क्षमता हेर्नुपर्ने उनी बताउँछन् । यसरी लगानी गर्दा आफ्नो लगानी सुरक्षित हुने उनले बताए ।

इन्भेस्टर्स फोरमका अध्यक्ष, लगानीकर्ताका नेता एवमं विश्लेषक छोटेलाल रौनियारका अनुसार अब केही दिनमा बजार फेरि उकालो लाग्ने हुनाले डराउनु पर्ने अवस्था छैन । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने उनको भनाइ छ । अहिले सेयर बजारको बाली पाक्ने समय भएको उनी बताउँछन् । बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो रहेको र जलविद्युत कम्पनीहरूले पनि हकप्रद निष्कासन गर्ने कुराहरू आइरहेको हुनाले बजार बलियो हुने उनको भनाइ छ । यी सबै कुराहरूहरूले गर्दा आफूले सेयर बजार सकारात्मक देखेको उनले बताए ।

बैंकको व्याज दर बढेको भए पनि सेयर बजार घट्ने थियो भन्दै उनले आउँदो ६।७ महिना व्याजदर बढ्ने सम्भावना नदेखिएको बताए  । हाल संसारभर सेयर बजारले नयाँनयाँ रेकर्ड बनाइरहेको बताउँदै उनले सेयर बजार लामो समयसम्म नघट्ने दावी गरे । 

आफूसँग राम्रो कम्पनी छ भने बजार घटे पनि खासै प्रभाव नपर्ने उनको भनाइ छ । बजारलाई बढ्न केही कुराले नरोक्ने बताउँदै उनले सबै लगानीकर्तालाई राम्रो कम्पनी छनोट गरी ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनका अनुसार अहिले सेयर बजारमा सेयर खरिद गर्ने एकदमै सुनौलो अवसर हो ।

अहिले बजारका जानकारहरु पनि बजारमा सेलिंग प्रेसर अब नआउने तर्क गर्छन।  म्युचल फण्डहरुबाट आइरहेको बिक्रि चाप अब सकिएकाले अबका दिन सेयर बजारलाई सुनौलो हुने उनीहरुको अपेक्षा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको