Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक प्रहरीको अपरेसन, तीन गुणा बढिसम्म भाडा लिने ८ जना पक्राउ

अर्थ संसार

विहीबार, १७ असार २०७८, १८ : ११ मा प्रकाशित

ट्राफिक प्रहरीको अपरेसन, तीन गुणा बढिसम्म भाडा लिने ८ जना पक्राउ

ट्राफिक प्रहरीले उपत्यकाको बिभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई आज बिभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारी देखी निजि सवारी साधनका चालकहरु समेत रहेका छन । 

हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । बैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगीन सक्ने हुनाले ट्राफिक प्रहरीले बिशेष सक्रियता देखाउदै आएको छ । 

जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठगीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरि अपरेसन टोली परिचालन गरेका छौ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निगरानी गरि यात्रुसँग बढि भाडा लिएका व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१-०१-००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षे पुण्य प्रसाद गिरी, बा २० च २४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र मे १ ज २९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका बर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरि कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई बा १७ च ५००१ नम्बरको स्कर्पियो सहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अबस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अबस्थामा नियन्त्रणमा लिइ प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा १४ च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा ६ च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को २ च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका बर्ष ३९ को हरेन्द्र बुढाथोकी रहेका छन । पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेको र तोकिएको भन्दा बढि भाडा लिएमा वा निजि गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिने समेत एसएसपी भट्टराईले बताए। ट्राफिक प्रहरीले यात्रुसँग बढि भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको