Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्याेरेन्सको एक लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १८ असार २०७८, १४ : ४९ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्याेरेन्सको एक लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै एक लाख १६ हजार ४ सय ६४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएकाे जानकारी दिएकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय २१ रूपैयाँ ६३ पैसा ताेकिएकाे छ ।

सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

उक्त अवधिभर सेयर खरिद गर्न कसैकाे पनि निवेदन नआएमा बीमा समितिकाे निर्देशन तथा प्रचलित कानुन बमाेजिम संस्थापक बाहेकका अन्य व्यक्ति तथा संगठित संस्थाहरूलाई बिक्री गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ded83dc8df6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको