Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर किन्न आज देखि आवेदन दिन सकिने

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, ०५ : २२ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर किन्न आज देखि आवेदन दिन सकिने

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरमा आज शुक्रबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले कुमारी बैंकको नाममा रहेको संस्थापक सेयर बेच्न लागेको हो । 

उक्त सेयरको न्यूनतम मूल्य २ सय रूपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले जेठ २७ गतेभित्र आवश्यक कागजपत्र संकलन गरेर कुमारी क्यापिटलको केन्द्रिय कार्यालय, नागपोखरी, नक्साल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको