Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे सेयर बजार : नेप्से स्थिर, अब बैंककाे पालाे आएकाे हाे त ?

अर्थ संसार

शनिबार, १९ असार २०७८, ११ : ५० मा प्रकाशित

साताकाे सेयर बजार : नेप्से स्थिर, अब बैंककाे पालाे आएकाे हाे त ?

यस साता सेयर बजार स्थिर रहेकाे छ । गत साता २८४३ विन्दुमा राेकिएकाे सेयर बजार यस साता पनि २८४३ विन्दुमै आएर राेकिएकाे छ ।

बजार निरन्तर बढ्दा पनि बैंकिङ्ग क्षेत्र भने राम्ररी बढेकाे थिएन । बैंककाे सेयरमूल्य अझै पनि न्यूनतम नै छ । अब भने बैंकिङ्ग क्षेत्रकाे बढ्ने पालाे आएकाे केही विश्लेषकहरूकाे अनुमान छ । 

कतिपय विश्लेषकहरुले अहिले बजारमा सेयरहरू किन्ने सुनाैलाे अवसर रहेकाे बताएका छन् । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने विश्लेषकहरुकाे तर्क छ । अहिले बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो छ । जलविद्युत कम्पनीहरूले पनि हकप्रद सेयर निष्कासन गर्न पाउने खबर बाहिरिएकाे छ । सेयर बजारकाे सिजन पनि सुरू भएकाे छ । यी सबै कुराले गर्दा बजार माथि जाने देखिन्छ ।एउटा लयमा गइरहेको बजारलाई धितोपत्र बोर्डको प्रकरणले धमिल्याएको भएपनि याे धेरै दिनसम्म बजारमा नटिक्ने विश्लेषकहरुले बताएका छन् ।

अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुनेछ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने अहिलेकाे यो करेक्सनले गर्दा अझै धेरै माथि जान बजार बलियाे बनेकाे केही विश्लेषककाे दावी छ ।

गत साता नेप्से परिसूचक १२५ दशमलव ४३ अंकले घटेर २८४३ विन्दुमा झरी रोकिएको थियाे । यस साताकाे ५ कारोबार दिनमा ३ दिन बजार बढेको थियाे भने २ दिन बजार घटेको थियाे ।

यस साता सेन्सेटिभ परिसूचक भने ३.०७ अंकले बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगी राेकिएकाे छ ।  गत साता सेन्सेटिभ परिसूचक १५ दशमलव ४७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा झरेको थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा पनि यस साता झनै गिरावट देखिएको छ । गत साताभरमा ४९ अर्ब १२ करोड १० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाेमा यस साताभरमा जम्मा ३४ अर्ब १६ करोड ६५ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । यस साता औसतमा दैनिक ६ अर्ब ८३ कराेडको सेयर काराेबार भएकाे हाे ।

यस साताकाे सेयर बजारलाई समग्रमा नियाल्दा :

नेप्से परिसूचक स्थिर रहेको याे साता बजार पुँजीकरण पनि गत साताझैँ ३९ खर्ब ४९ अर्ब रूपैयाँमा नै यथावत छ ।

सूचीकृत उपसमूहमध्ये यस साता यस साता अधिकांश सूचीकृत समूहमा गिरावट आएको छ । यस साता सबैभन्दा धेरै होटल तथा पर्यटन समूहकाे सेयर बढेकाे छ भने लगानी समूहकाे सेयर सबैभन्दा धेरै घटेकाे छ ।

यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा ओरियन्टल होटल्स लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । त्यसपश्चात् सबैभन्दा धेरै नाफा कमाउने दोश्रो र तेश्रोमा क्रमश सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड र  युनाइटेड इदी मार्दी हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

त्यसैगरी, यस साता ङादी ग्रुप पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

सेयर सूचीकरणकाे कुरा गर्नुपर्दा याे साता धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुनैपनि कम्पनीकाे सेयर सूचिकृत भएकाे छैन ।

लगानीकर्ताहरूले लगानी गर्दा सर्वप्रथम आफूलाई फाइदा हुने कम्पनी हेरेर छनोट गर्नुपर्छ ।  यो कम्पनी मेरो लागि उपयुक्त छ र यो कम्पनीबाट मैले राम्रो कमाउन सक्दछु भन्ने कुरा लगानीकर्ताले अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । यसाे गर्दा अहिलेको जस्ताे अवस्थाबाट आफू सजिलै बच्न सकिन्छ । लगानीकर्ताहरूले आफूले लगानी गर्ने बेलामा सोचेर विचार गरेर लगानी गरेका कम्पनीहरू गन्तव्यमा नपुगेसम्म प्रतिफल दिने बेला नभएसम्म) हाेल्ड गर्नुपर्छ । 

याे पनि हेर्नुहाेस् :

कुन सेक्टरमा Rally आउला? बजार अब कता? Technical forecast | Ashad 20-24 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको