Like us!
Follow us!
Connect us!
Watch us!

आमिर खान र किरण रावबीच डिभोर्स

अर्थ संसार

शनिबार, १९ असार २०७८, १९ : १२ मा प्रकाशित

आमिर खान र किरण रावबीच डिभोर्स

बलिउड अभिनेत्री आमिर खान र किरण रावबीच डिभोर्स हुने भएकाे छ । दुवैले संयुक्त विज्ञप्ति प्रकाशन गर्दै आगामी दिनहरुमा आफूहरू पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरेका हुन् ।  विवाहको १५ वर्षपछि उनीहरूले यस्ताे घाेषणा गरेका हुन् ।

आमिरको​ यसअघि पनि पहिलो श्रीमती रीना दत्तासँग डिभोर्स भएको थियो । 

उनीहरूकाे संयुक्त विज्ञप्तिमा भनिएकाे छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।” 

60e066fc1535c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको