Like us!
Follow us!
Connect us!
Watch us!

लाल सिंह चढ्ढाः स्वदेशमा विरोध, विदेशमा हिट

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १५ : ०६ मा प्रकाशित

लाल सिंह चढ्ढाः स्वदेशमा विरोध, विदेशमा हिट

आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन ।

आमिर यो फिल्मका लागि पछिल्लो चार वर्षयता तयारीमा थिए । यो फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ उनीप्रति दर्शक आक्रोशित भए । रोचक कुरा के छ भने यो फिल्मको भारतमा जति विरोध भइरहेको छ, विदेशमा भने फिल्मले उति नै प्रशंसा पाइरहेको छ ।

फिल्मले भारतमा मन्द व्यापार गरिरहे पनि यसले विस्तारै पिकअप लिनेमा फिल्मकर्मी आशावादी छन् । सुरुवाती दिनको तुलनामा पछिल्लो समयमा फिल्मको व्यापारिक आंकडा बढ्दै गएको छ । फिल्मले भारतमा पहिलो दिनमा ११ करोड ७० लाख, दोस्रो दिन सात करोड २६ लाख र तेस्रो दिन नौ करोडको व्यापार गरेको थियो ।

फिल्मले ओभरसिजमा पहिलो दिन ८ दशमलब २० करोड, दोस्रो दिन १३ दशमलब ४० करोड, तेस्रो दिन ९ दशमलब ४० करोड र चौथो दिन १३ दशमलब २५ करोडको कमाइ गरेको थियो । यो आंकडाअनुसार फिल्मले विदेशमा करिब ४३ दशमलब २५ करोडको व्यापार गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको