Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सूचक र कारोबार रकम दुवैमा गिरावट

नेप्से

आइतबार, २० असार २०७८, १५ : ०२ मा प्रकाशित

नेप्से सूचक र कारोबार रकम दुवैमा गिरावट

साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रा गरेको छ । नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा भने व्यापक गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेकाे छ । नेप्से ०.३० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३३ अंकले घटेर ५२८.४५ विन्दुमा पुगेको छ । 

60e187087b49c.jpg

 

कूल २२४ वटा कम्पनीकाे एक कराेड ८ लाख ४२ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60e1870e86497.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।

60e187189f935.jpg

त्यसैगरी, आइतबार नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २१ कराेड ५६ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आइतबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : नेपाल इन्स्याेरेन्स, नेपाल टेलिकम, अपर तामाकाेशी, हिमालयन डिष्टीलरी, नेशनल हाइड्राेपावर, एनआईसी एशिया बैंक, ज्योति विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स कम्पनी रहेका छन् ।

60e1871d9a2d6.jpg

आइतबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : १२ प्रतिशत गुडविल फाइनान्स डिबेञ्चर २०८३, ओरियन्टल होटल, सिइडिबी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, लिबर्टी इनर्जी, नेपाल टेलिकम, अपर तामाकोशी, हिमालयन डिष्टीलरी र चन्द्रागिरी हिल्स रहेका छन् ।

60e187233c803.jpg

आइतबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५, १०.५० प्रतिशत एसबिएल डिबेञ्चर २०८२, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, खानीखोला हाइड्रोपावर र नेपाल इन्स्योरेन्स रहेका छन् ।

60e1872a30cb6.jpg

यसअघि बजार निरन्तर बढ्दा पनि बैंकिङ्ग क्षेत्र भने राम्ररी बढेकाे थिएन । बैंककाे सेयरमूल्य अझै पनि न्यूनतम नै छ । अब भने बैंकिङ्ग क्षेत्रकाे बढ्ने पालाे आएकाे केही विश्लेषकहरूकाे अनुमान छ । 

कतिपय विश्लेषकहरुले अहिले बजारमा सेयरहरू किन्ने सुनाैलाे अवसर रहेकाे बताएका छन् । अहिले सेयर बजारको मुख्य समय आउन थालेको हुनाले धेरै दिन बजार नघट्ने विश्लेषकहरुकाे तर्क छ । अहिले बैंक र इन्स्योरेन्सहरूको कमाइ राम्रो छ । जलविद्युत कम्पनीहरूले पनि हकप्रद सेयर निष्कासन गर्न पाउने खबर बाहिरिएकाे छ । सेयर बजारकाे सिजन पनि सुरू भएकाे छ । यी सबै कुराले गर्दा बजार माथि जाने देखिन्छ ।एउटा लयमा गइरहेको बजारलाई धितोपत्र बोर्डको प्रकरणले धमिल्याएको भएपनि याे धेरै दिनसम्म बजारमा नटिक्ने विश्लेषकहरुले बताएका छन् ।

अहिले फण्डहरू पर्याप्त रहेको, रेमिट्यान्स पनि बढेको र डिम्याट खाता खोल्नेहरूको संख्या पनि बढ्दै गएको हुनाले सेयर बजार बढ्न अझै सजिलो हुनेछ । करेक्सन नआएको भए बजार थोरै मात्र माथि जाने थियो भने अहिलेकाे यो करेक्सनले गर्दा अझै धेरै माथि जान बजार बलियाे बनेकाे केही विश्लेषककाे दावी छ ।

लगानीकर्ताहरूले लगानी गर्दा सर्वप्रथम आफूलाई फाइदा हुने कम्पनी हेरेर छनोट गर्नुपर्छ ।  यो कम्पनी मेरो लागि उपयुक्त छ र यो कम्पनीबाट मैले राम्रो कमाउन सक्दछु भन्ने कुरा लगानीकर्ताले अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । यसाे गर्दा अहिलेको जस्ताे अवस्थाबाट आफू सजिलै बच्न सकिन्छ । लगानीकर्ताहरूले आफूले लगानी गर्ने बेलामा सोचेर विचार गरेर लगानी गरेका कम्पनीहरू गन्तव्यमा नपुगेसम्म प्रतिफल दिने बेला नभएसम्म) हाेल्ड गर्नुपर्छ । 

याे पनि हेर्नुहाेस् :

कुन सेक्टरमा Rally आउला? बजार अब कता? Technical forecast | Ashad 20-24 | Share Tech Funda

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको