Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सांग्रिला बैंककाे बोनस सूचिकृत

नेप्से

आइतबार, २० असार २०७८, १५ : ५१ मा प्रकाशित

नेप्सेमा सांग्रिला बैंककाे बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक बैंककाे पनि बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे १३ लाख ३ हजार ३ सय २० दशमलव २० कित्ता सेयर सूचिकृत भएको हाे । 

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र २३ गते, साेमबार लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे बैंककाे साेर्हाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

यसअघि पनि आज नै नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९.१९९८ प्रतिशत बाेनस बापतकाे ३ लाख ६४ हजार ४ सय ४८ दशमलव ३५ कित्ता सेयर सूचिकृत भएको थियाे ।

60e1891bafbf5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको