Like us!
Follow us!
Connect us!
Watch us!

परिक्षण घट्दा संक्रमितको संख्या पनि घट्यो, थप १६०३ जनामा संक्रमण पुष्टि

अर्थ संसार

आइतबार, २० असार २०७८, १६ : ४७ मा प्रकाशित

परिक्षण घट्दा संक्रमितको संख्या पनि घट्यो, थप १६०३ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । परिक्षण घट्दा संक्रमितको संख्या पनि घटेकाे हाे ।

मन्त्रालयका अनुसार ८ हजार १३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२  र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ सय ६१ जना गरी कुल एक हजार ६ सय ३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । जसमध्ये काठमाडौंका ४ सय ६१ जना रहेका छन् ।

त्यसैगरी, बितेको २४ घण्टामा २७ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको