Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रदमा परेका बोलपत्र आज खोलिने

अर्थ संसार

सोमबार, २१ असार २०७८, ०८ : ०८ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रदमा परेका बोलपत्र आज खोलिने

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा परेका बोलपत्रहरु आज (सोमबार) खोलिने भएको छ । 

उक्त सेयरमा परेका बोलपत्र आज (असार २१ गते, सोमबार मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार मार्ग, कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिन लागेको हो ।

कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म ४ लाख ३५ हजार ८९४ कित्ता अवितरित हकप्रद लिलामीमा बिक्री खुल्ला गरेको थियो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60e26e0d61646.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको