Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ कम्पनीको लिलामी सेयर भर्ने अन्तिम दिन आज

अर्थ संसार

सोमबार, २१ असार २०७८, १० : ०२ मा प्रकाशित

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ कम्पनीको लिलामी सेयर भर्ने अन्तिम दिन आज

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका ५ कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज (असार २१, गते सोमबार) अन्तिम दिन रहेको छ । उक्त कम्पनीको सेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

बैंकले असार १५ गतेदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, मुहली लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त, नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो ।

जसमा आरएमडिसी लघुवित्तको ३ लाख ८४ हजार ९९५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५८ हजार ५६८, महुली लघुवित्तको ५५ हजार ७० कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको २९ हजार ९९६ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ संस्थापक समूहको सेयर रहेको छ ।

आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ४४१ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ५३१ रुपैयाँ, महुली लघुवित्तको ७३०रुपैयाँ, नागरिक लगानी कोषको १ हजार २०० रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सको ४१० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरु खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको