Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि अप्पर तामाकोशिबाट ७६ मेगावाट बिजुली उत्पादन हुने !

अर्थ संसार

सोमबार, २१ असार २०७८, १० : ३५ मा प्रकाशित

आजदेखि अप्पर तामाकोशिबाट ७६ मेगावाट बिजुली उत्पादन हुने !

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको अप्पर तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन आज (असार २१ गते, सोमबार) हुने भएको छ यो संगै आजबाट अप्पर तामाकोशिमा ७६ मेगावाट बिजुली उत्पादन हुने छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज ४ बजे माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने भएका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले गत आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेका थिए ।

७६र७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट पहिलो युनिटको उत्पादन प्रसारण लाइनमा जोडिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ । प्रसारण लाइनमा जोडिएपछि १५ दिन परिक्षण मात्र हुने छ । 

यो योजना स्वदेशी लगानीमा नै बनेको हालसम्मकै ठूलो आयोजना पनि हो। असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको