Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

सोमबार, २१ असार २०७८, १३ : २७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । दुवै वटा लघुवित्तहरूकाे बाेनस सूचिकृत भएकाे हाे । 

स्टकका अनुसार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे १९ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश फागुन २५ गते, सम्पन्न भएकाे संस्थाको २२औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

60e2b8fd32b28.jpg 

त्यसैगरी, स्वाेराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२.३९ प्रतिशत बाेनस बापतकाे ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता सेयर सूचिकृत भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १२.३९ प्रतिशत बोनस सेयर र ०.५६ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा सम्पन्न भएकाे बार्हाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

60e2b8f63e71f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको