Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदनको ओईरो,९८ प्रतिशतले सेयर नपाउने पक्का !

अर्थ संसार

मंगलबार, २२ असार २०७८, ०६ : १९ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदनको ओईरो,९८ प्रतिशतले सेयर नपाउने पक्का !

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको जारी गरेको आईपीओमा आवेदन दिने आवेदकको ओईरो लागेको छ ।

आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको छ ।
 
कम्पनीले असार १७ गते, बिहिबारबाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकको हात खालि हुने पक्का छ । कम्पनीको आईपिओमा आवेदन दिने मध्य १.९० प्रतिशतले मात्र आईपिओ पाउने छन् भने ९८.१० प्रतिशतलको हात भने खालि हुने छ । 
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाले असार ६ गते नेपाल धितोपत्र बोडैबाट आईपिओ निष्काशनको अनुमति आएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको