Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

बुधबार, २३ असार २०७८, १५ : ३४ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । दुवै वटा लघुवित्तहरूकाे बाेनस सूचिकृत भएकाे हाे । 

स्टकका अनुसार महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे एक लाख ३३ हजार एक सय कित्ता सेयर सूचिकृत भएको हाे । 

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १८ गते, बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका, ६ मकवानपुरमा सम्पन्न भएकाे संस्थाकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुकक्लोज  गरेको थियाे । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

60e56e46b7298.jpg

त्यसैगरी, नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ प्रतिशत बाेनस बापतकाे ५ लाख ५४ हजार ४ सय ९५ दशमलव ०२५ कित्ता सेयर सूचीकृत भएकाे हाे ।

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश चैत्र ५ गते क्रिक रिसोर्ट, धादिङवेशी, धादिङमा सम्पन्न भएकाे संस्थाकाे सातौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज  गरेको थियाे । त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

60e57ad79d568.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको