Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : मैलुङ खोला जलविद्युतले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

अर्थ संसार

विहीबार, २४ असार २०७८, १० : ५० मा प्रकाशित

लगानीकाे अवसर : मैलुङ खोला जलविद्युतले पायो आईपीओ ल्याउन बोर्डबाट अनुमति

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनले असार २३ गते, बुधबार आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

युनियन लाइफको ६४.५० लाख कित्ता आईपिओमा आजबाट आवेदन दिन सकिने

मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरको थियो । अहिले बाँकी २० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । 

६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको