Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ ल्याउन लागेकाे राप्ती हाइड्रोले कति पायो रेटिङ ?

अर्थ संसार

विहीबार, २४ असार २०७८, १४ : ४० मा प्रकाशित

आईपीओ ल्याउन लागेकाे राप्ती हाइड्रोले कति पायो रेटिङ ?

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीकाे साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

राप्ती हाइड्रो लिमिटेडले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेकाे हाे । कम्पनीले आयोजना प्रभावित रुकुमका स्थानियलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन गर्नेछ । 

साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव जेठ ११ गते सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाले प्रस्ताव पारित गरिसकेकाे छ ।

कम्पनीले ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दैछ । आयोजना रुकमको सिस्ने र भुमे गाउँपालिकामा पर्छ । राप्तीमा सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडको ९५ प्रतिशत स्वामित्व छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको