Like us!
Follow us!
Connect us!
Watch us!

७२ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित इक्रा नेपालले डाक्यो साधारण सभा

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १४ : ४९ मा प्रकाशित

७२ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित इक्रा नेपालले डाक्यो साधारण सभा

इक्रा नेपाल लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा पाैष २२ गते, शुक्रबार, एलोफ्ट ठमेल, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र  ५२.१७३१६ प्रतिशत नगद लाभांश गरि कुल ७२.१७३१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को हरहिसाबहरू लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको