Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोपावरको आईपीओलाई रेटिङ कति ?

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १६ : ३९ मा प्रकाशित

सुपर मादी हाइड्रोपावरको आईपीओलाई रेटिङ कति ?

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३१ लाख ५० हजार कित्ता  आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले हालसम्म नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा भने निवेदन पेश गरेकाे छैन । सेबाेनमा निवेदन पेश गरि त्यहाँबाट स्वीकृती पाएपछि आईपीओ निष्कासन गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन यो आईपीओ निष्कासन गर्न लागेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको