इक्रा नेपाल लिमिटेडले आगामी मंसिर ३ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले जारी गरेको सूचना अनुसार सभामा लाभांश वितरणदेखि लिएर सञ्चालक समिति निर्वाचनसम्मका विविध एजेन्डामाथि छलफल हुने छ।
सभामा प्रस्तुत हुने प्रमुख प्रस्तावहरूमध्ये हाल कायम चुक्ता पूँजीको ४७.३१ प्रतिशतका दरले रु ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव मुख्य रहेको छ। उक्त लाभांशमा कर प्रयोजनार्थ रकम समेत समावेश हुनेछ।
कम्पनीले सार्वजनिक गरेको एजेन्डा अनुसार साधारणसभामा तलका प्रस्तावहरू छलफल र पारितका लागि प्रस्तुत हुनेछन्—
सभामा विशेष प्रस्तावका रूपमा सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने विषय पनि प्रस्तुत गरिने भएको छ।
उक्त नगद लाभांश प्रस्ताव साधारणसभाबाट स्वीकृत भएपछि कम्पनीले हालका सेयरधनीहरूलाई लाभांश वितरण गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस