Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेप्से

विहीबार, २४ असार २०७८, १४ : १६ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३.५ प्रतिशत बाेनस बापतकाे ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता सेयर सूचिकृत भएको हाे । 

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडाैँमा सम्पन्न भएकाे संस्थाकाे नवाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

60e6b8d849382.jpg

त्यसैगरी, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश जेठ १० गते, साेमबार कम्पनीकाे प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएकाे २६ औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

60e6b8d2b67a7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको